logo

२०८३ श्रावण १७ आईतवार

logo
  • २०८३ श्रावण १७ आईतवार
  • ४३ अंकले बढ्याे नेप्से, ५ अर्ब ६६ करोडको कारोबार

    1KShares
    ४३ अंकले बढ्याे नेप्से, ५ अर्ब ६६ करोडको कारोबार

    काठमाडौँ । दसैँ बिदापछिको दोस्रो दिन शेयरबजार नेप्से परिसूचक ४३.२२ अंकले बढेको छ । आज नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा रोकिएको हो ।

     

    आज बजारमा १ करोड ३२ लाख कित्ता शेयर खरिद-बिक्री बढ्दा कारोबार रकम ५ अर्ब ६६ करोड पुगेको छ ।

     

    बजारमा आज २४४ कम्पनीको कारोबार भएकोमा २०६ कम्पनीको सेयर मूल्य बढेको छ । ३५ कम्पनीको मूल्य घट्दा तीनवटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज कारोबार भएका कम्पनीमध्ये अपर स्याङ्जा हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ भने विजय लघुवित्त र इष्टर्न हाइड्रोपावरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

     

    आज बजार अन्तर्गत सबै परिसूचक र उपसूचकमा वृद्धि भएको छ । सबैभन्दा धेरै वृद्धि व्यापारमूलक सूचकमा ३.४४ प्रतिशतले भएको छ । हाइड्रोपावर उपसूचक पनि आज २.१३ प्रतिशतले बढेको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ३०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट