काठमाडौं| प्रहरीले विभिन्न रुटका बढी भाडा लिने सवारी साधनका चालक र सह-चालकलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ वटा हायसका तीनजना चालक र तीन सहचालकलाई पक्राउ गरेको हो ।उनीहरुले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रूहरुले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
हाइसले पोखराको भाडा ७५० तोकिएकोमा १५ सयसम्म लिएको पाइएको छ ।

पक्राउ पर्नेमा ग १ ख ४४९९ नम्बरको हाइसका चालक डम्बरबहादुर आले मगरसहित अन्य पाँचवटा हाइसका चालक र सहचालक पक्राउ परेका छन् । पहिरोको कारण देखाउँदै कालोबजारी गर्ने तथा यात्रुबाट तोकिएको भन्दाबढी भाडा लिने सवारी साधनलाई निगरानीमा राखेर पक्राउ गर्ने प्रहरीले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया