logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • पूर्वराजा शाह निजी भ्रमणका क्रममा भुटान पुगे

    934Shares
    पूर्वराजा शाह निजी भ्रमणका क्रममा भुटान पुगे

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा भुटान पुगेका छन् । आज उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पुमा अवतरण भएका हुन् । पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि छन् । पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा छन् ।

    भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट गएका पूर्वराजालाई स्वागत गर्न बिमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो । भुटानकी राजकुमारी बिमानस्थलमा रिसिभ गर्न पुगेकी थिइन् ।

    स्रोतहरुका अनुसार पूर्वराजाको यो भ्रमण राजनीतिक हो । उनी भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुककै निमन्त्रणमा गएको दाबी गरिएको छ । पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना भ्रमणको तयारीका लागि केही दिनअघि नै भुटान पुगेका थिए । स्रोतका अनुसार पूर्वयुवराज्ञी हिमानी पनि जाने तयारी थियो, तर अस्वस्थ भए जान सकिनन् । उनको खुट्टाको लिगामेन्टमा समस्या भएर बैड रेस्टमा छिन् ।

    पूर्वराजाले भुटानी राजासँग भेटवार्ता गर्ने बुझिएको छ । अन्य उच्च पदस्थहरुसँग पनि भेट्नेछन् । यो भ्रमणको प्रयोजन खुलाइएको छैन । पूर्वराजाका तर्फबाट भ्रमण गर्ने सूचनाबाहेक अरु विवरण सार्वजनिक भएका छैनन् ।

     



    फास्ट न्युज    
  • २०८१ आश्विन १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट