logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ५९ हजार सात सय रूपियाँमा काराेबार

    949Shares
    सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ५९ हजार सात सय रूपियाँमा काराेबार

    काठमाडौँ । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला पाँच सय रूपियाँले वृद्धि भएको छ ।

    सोमबार प्रतितोला एक लाख ५९ हजार दुई सय रूपियाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५९ हजार सात सय रूपियाँ निर्धारण भएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

    यस्तै, चाँदीको मूल्य आज तोलामा पाँच रूपियाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि एक हजार नौ सय १५ रूपियाँ निर्धारण भएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट