काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभएको हो । उहाँले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन जोड दिनुभयो ।
यस्ता उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै उहाँले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गर्नुभयो ।
सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुन नदिने भन्दै उहाले यसलाई अभियानका रुपमा लानुपर्नेमा जोड दिनुभयो । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी नहुने उहाको भनाइ छ ।
त्यस्तै उहाले सरकारमा झन्डा हल्लाउन आएको नभई केही गर्नका लागि जिम्मेवारीमा आएको जिकिर गर्नुभयो ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd