logo

२०८२ जेष्ठ ४ शनिबार

logo
  • शनिबार, ४ जेष्ठ २०८२
  • ‘स्त्री २’ को ओपनिङ ५४ करोड भारु, अघिल्लो हिट फ्लिम पनि परे पछि

    ‘स्त्री २’ को ओपनिङ ५४ करोड भारु, अघिल्लो हिट फ्लिम पनि परे पछि

    559
    SHARES
    ‘स्त्री २’ को ओपनिङ ५४ करोड भारु, अघिल्लो हिट फ्लिम पनि परे पछि

                 काठमाडौं । श्रद्धा कपुर र राजकुमार राव स्टार हरर-कमेडी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा पहिलो दिन बिहीबार आक्रामक ओपनिङ गरेको छ ।



    भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको फिल्मको ओपनिङ सन् २०२४ मा धेरै रहेको इण्डिया टुडेले उल्लेख गरेको छ । फिल्मले पहिलो दिनमै अपेक्षाभन्दा बढी कलेक्सन गरेको हो ।
    बलिउड ट्रेड विश्लेषकले ओपनिङ ४० करोडभन्दा माथि हुने प्रक्षेपण गरेका थिए । सन् २०१८ को फिल्म ‘स्त्री’को यो दोस्रो श्रृंखलामा अपारशक्ति खुराना, अभिषेक बनर्जी र पंकज त्रिपाठीको पनि अभिनय छ ।


    बुधबारको स्पेसल ओपनिङ प्रिमियरबाट मात्रै फिल्मले ८ करोड भारु कमायो । आधिकारिक रिलिजको दिनमा फिल्मको कमाइ ४६ करोड रह्यो । कुल मिलाएर यसको कलेक्सन ५४.३५ करोड भारु रह्यो ।
    यो कलेक्सन अघिल्ला हिट फिल्म ‘कल्की २८९८ एडी’ र ‘फाइटर’को ओपनिङ भन्दा पनि बढी हो । बिहीबारै रिलिज भएका अक्षय कुमारको ‘खेल मेल में’ र जोन अब्राहमको ‘वेदा’लाई पनि पार्दै ‘स्त्री २’ अघि निस्किएको हो ।
    अमर कौशिक निर्देशित ‘स्त्री २’ मा राजकुमार र श्रद्धा मौलिक भूमिकामा छन् । यो फिल्मको कथावस्तु चन्देरीको वरपर घुम्छ । यो ठाउँ अहिले डरलाग्दो सरकटा (शिर काटिएको राक्षस)बाट पीडित छ ।  सहरबासीले फेरि एकपटक स्त्रीको सहायता खोजिरहेका छन् ।


    फास्ट न्युज
  • शुक्रबार, ३२ साउन २०८१
  • सम्बन्धित समाचार