काठमाडौँ । देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण ठूला नदीहरूमा पानीको बहाव बढेको छ। केही नदीमा पानीको सतह बढेर सतर्कता तह पार गरेपछि बाढीको जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनमा सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तह पार गरेको छ।
नदीमा पानीको सतह बढेर चेतावनीको तहमा पुगेपछि महाशाखाले ती नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
वर्षा जारी रहेकाले नदी तथा खोलानालामा पानीको बहाव थप बढ्न सक्ने सम्भावना रहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया