काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आउँदो सोमबारदेखि सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने भएको छ । पूर्वकार्यवाहक सभापतिको निवास गोल्फुटारमा शुक्रबार बसेको इतर पक्षको बैठकले उक्त निर्णय गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
सोमबार नै शेरबहादुर देउवा समूहको विस्तारित बैठक बस्ने निर्णय भएको उनको भनाइ छ ।उनले भने ,”त्यही दिन देउवा पक्षको पूर्वकेन्द्रीय सदस्यहरूको विस्तारित बैठक बस्ने टुंगो लगाएका छौँ । राष्ट्रिय भेलाको तयारीका लागि विस्तारित बैठक बस्ने छ ।”
उक्त बैठकमा १४औँ महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरूको सहभागिता रहने उनले बताए । कांग्रेसको आन्तरिक विवादलाई लिएर आफूहरूले मिल्ने मिलाउने प्रयास गर्दा पनि संस्थापन पक्षबाट सकारात्मक निष्कर्ष नआएको आजको बैठकको निष्कर्ष रहेको नेता निधिको भनाइ छ । बैठकमा डा. शेखर कोइराला भने सहभागी भएनन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया