logo

२०८३ जेष्ठ ९ शनिबार

logo
  • २०८३ जेष्ठ ९ शनिबार
  • अमेरिका र ईरानबीच शान्ति वार्ताको तयारी तीव्र, पाकिस्तानी सेना प्रमुख आसिम मुनीर तेहरानमा

    733Shares
    अमेरिका र ईरानबीच शान्ति वार्ताको तयारी तीव्र, पाकिस्तानी सेना प्रमुख आसिम मुनीर तेहरानमा

    काठमाण्डौ । पाकिस्तानका सेना प्रमुख आसिम मुनीर इरानको राजधानी तेहरान पुग्नु भएको छ । मुनीर हिजो तेहरान पुगेको पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँले इरान–अमेरिका वार्ता, क्षेत्रीय शान्ति तथा अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । यस्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि आसिम मुनीरसँग निरन्तर सम्पर्क भइरहेको बताउनुभएको छ ।

    उहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका–इरान वार्तामा केही सकारात्मक संकेत देखिएको समेत बताउनु भएको छ । तर, इरानको युरेनियम भण्डारण र हर्मुज जलमार्गको नियन्त्रणजस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन । अराघचीले सामाजिक सञ्जाल एक्समार्फत वर्तमान तनावपूर्ण अवस्थाकाबीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको छ । दुई देशबीचको युद्धले अहिलेसम्म ठूलो आर्थिक र मानवीय क्षति पुर्‍याएको छ । विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढेको छ ।

    इरानको तेल निर्यात लगभग ठप्प हुँदा उसको अर्थतन्त्रमा ठूलो दबाब परेको छ भने अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढेको छ । खाडी क्षेत्रका धेरै देशमा व्यापार, हवाई सेवा र पर्यटन प्रभावित भएका छन् । विश्व शेयर बजारमा गिरावट, लगानीमा अनिश्चितता र आर्थिक वृद्धि सुस्त हुने चिन्ता बढेको छ । विभिन्न रिपोर्टअनुसार यो युद्ध लम्बिएमा विश्वव्यापी आर्थिक मन्दीको जोखिम समेत बढ्न सक्ने जोखिम छ ।

     



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट