logo

२०८३ जेष्ठ १० आईतवार

logo
  • २०८३ जेष्ठ १० आईतवार
  • एमाले अध्यक्ष ओलीलाई नेतृ शाक्यले दिइन् सुझाव, भनिन्- यही बैठकबाट राजीनामा दिनुस्

    727Shares
    एमाले अध्यक्ष ओलीलाई नेतृ शाक्यले दिइन् सुझाव, भनिन्- यही बैठकबाट राजीनामा दिनुस्

    काठमाडौं । नेकपा एमालेको नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी ओलीको राजीनामा मागेकी छन्। जारी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दबाब दिइरहेको बेलामान शाक्यले पनि साथ दिएकी हुन्।

    पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यले शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने ओलीको सोच गलत भएको तर्क गरेकी छन्। उनले भनेकी छन्, ‘कमरेड अध्यक्ष केपी शर्मा ओली। तपाईँ नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नु भएको छ ।यति बेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचन पश्चात् गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुन नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्‍याउन सकिन्छ ।’

    उनले पार्टी कमजोर अवस्थामा पुग्दा समेत ओलीको दम्भ घमन्ड र गुटगत सोच उस्तै रहेको बताइन्। उनले थपिन्, ‘बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौँ कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईँ को मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन।त्यसैले कमरेड शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईँको सोच गलत छ। अहिले एक्काइसौँ शताब्दीमा छौँ हामी आजको समयको माग विचार, सामूहिकता, सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो ।’

    उनले अव युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्ने बताइन्। उनले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु सुझाव दिइन्। ‘नेकपा एमाले पुनर्जीवित गर्न अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ । व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन’ उनले भनेकी छन्, ‘देश र जनताको हितमा निःस्वार्थी भावना राखेर काम गर्ने बेला हो। आजको समयको माग पनि यही हो।’



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट