काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।
आज बसेको बैठकमा शून्य समय र विशेष समय सकिएपछि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनुपर्ने माग गर्दै विरोध जनाएका हुन् ।
प्रधानमन्त्री संसदमा नआएसम्म आफ्नो विरोध जारी रहने नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताएका छन् ।
यस्तै, श्रम संस्कृति पार्टीका सांसद आरन राईले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया