logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • रोल्पा जिप दुर्घटनामा परेका २० जनाको शव निकाल्न २१ घण्टा लाग्यो, सनाखत हुन ढिलाइ

    838Shares
    रोल्पा जिप दुर्घटनामा परेका २० जनाको शव निकाल्न २१ घण्टा लाग्यो, सनाखत हुन ढिलाइ

    जलजला । रोल्पाको जलजलामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा ज्यान गुमाउने २० जनाको शव भिरबाट सडकसम्म ल्याउन झन्डै २१ घण्टा लागेको छ।जिप खसेको स्थान अत्यन्त अप्ठेरो ठाउँमा पर्छ। सुरक्षाकर्मीले पहिले पैदल बाटो खोलेपछि डोरीको सहायताले केहीबेरअघि मात्रै सबै शव माथि सडकमा निकालेका हुन्।

    विकट भूगोल, भिरालो र खोँच क्षेत्र, कमजोर सञ्चार पहुँच जस्ता कारणले उद्धार कार्यमा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए।

    उनका अनुसार दुर्घटनापछि सबैभन्दा नजिकको प्रहरी युनिट २० मिनेटमै घटनास्थलमा पुगेको थियो। तर जिप सडकबाट करिब ८ सय मिटर तल गहिरो खोंचमा खसेकाले शव निकालेर माथि ल्याउन अत्यन्त कठिन भएको थियो। कठिनाइकै कारण गएराति उद्धार हुन सकेको थिएन।



    फास्ट न्युज    
  • २०८३ बैशाख १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट