logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छुः पूर्वप्रधानमन्त्री ओली

    862Shares
    प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छुः पूर्वप्रधानमन्त्री ओली

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि ओलीले प्रतिशोधपूर्ण पक्राउ भनेका हुन् ।

    आफूलाई पक्राउ पुर्जी लिएर प्रहरी आएपछि उनले वकिलहरूसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले यस्तो बताएका हुन् । ‘यो पक्राउ प्रतिशोधपूर्ण छ, यसको कानुनी लडाइँ लड्छु, तपाईंहरू तयारी गर्नुहोस्,’ ओलीले वकिलहरूसँग भनेका थिए । उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए ।

    ओलीसँगको परामर्शमा रहेका वरिष्ठ अधिवक्ता भट्टराईले यो पक्राउ गैरकानुनी रहेको बताए । ‘यो पक्राउको कानुनी आधार छैन, प्रथम दृष्टिमै यो गलत छ’ वरिष्ठ अधिवक्ता भट्टराईले सञ्चारमाध्यमलाई बताए।



    फास्ट न्युज    
  • २०८२ चैत्र १४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट