काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद केसीलाई शपथ गराएका हुन्। केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। आज शपथ लिएका केसीले भोलि प्रतिनिधिसभामा निर्वाचित २७४ सांसदलाई शपथ खुवाउनेछन्।
यसैबीच, संसद सचिवालयका अनुसार शपथलगत्तै उनले सभामुखको हैसियतमा पाउने न्यूनतम सेवा, सुविधा पाएका छन् । त्यसअन्तर्गत एउटा गाडी र नेपाल प्रहरीको तर्फबाट एकजना निजी सुरक्षा अधिकारी (पीएसओ) पाएका हुन् । सभामुखका लागि बालुवाटारमा सरकारी निवासको व्यवस्था छ । तर, उनका लागि त्यहाँ बस्ने व्यवस्था नमिलाइएको सचिवालयका एक अधिकारीले बताए ।
केसीले सभामुखको शपथ लिएलगत्तैबाट नेपाल प्रहरीले उनको सुरक्षार्थ नायव निरीक्षक (सई) राम राउतलाई खटाएको छ । उनी प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयबाट खटिएका हुन् । अर्को सभामुख निर्वाचित भएपछि पनि सोही जिम्मेवारीमा रहने गरी राउतलाई खटाइएको प्रहरी स्रोतले जनाएको छ । यद्यपि, सभामुख महिला भएमा महिला अधिकृत नै खटाइने स्रोतको भनाइ छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया