logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने

    901Shares
    कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने

    काठमाडौं– नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सारेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा बुधबार प्रतिज्ञापत्र सार्वजनिक हुनेछ ।

    कांग्रेस प्रवक्ता देवराज चालिसेले आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने भनिएको चुनावी प्रतिज्ञापत्र स्थगित गरी फागुन ६ गते बुधबार मधेश प्रदेशको जनकपुरधाममा हुने चुनावी सभाबाट सार्वजनिक गर्ने बताए ।

    प्रवक्ता चालिसेले पार्टीको चुनावी प्रतिज्ञापत्र (घोषणापत्र) निर्वाचन आयोगमा भने आज (आइतबार) नै बुझाउने जानकारी दिए ।

    निर्वाचन आयोगले दलहरुलाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले तयार पारेको घोषणापत्र आजसम्म आयोगमा बुझाइसक्न समय दिएको छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट