logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • कांग्रेस विशेष महाधिवेशन: पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

    940Shares
    कांग्रेस विशेष महाधिवेशन: पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी गराइएको हो ।

    पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् । सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरे ।

    आचार्यका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले पनि कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ । महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका थिए । कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।



    फास्ट न्युज    
  • २०८२ पुष २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट