logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • एमाले अधिवेशन:ओलीले दिए अध्यक्ष पदमा उम्मेदवारी

    985Shares
    एमाले अधिवेशन:ओलीले दिए अध्यक्ष पदमा उम्मेदवारी

    काठमाडौं । केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। सोमबार महाधिवेशनस्थल पुगेर उनले औपचारिक रूपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

    ओलीले उम्मेदवारी दर्ता गराए पनि उनको प्यानल भने अहिलेसम्म सार्वजनिक भएको छैन। उपाध्यक्ष पदमा उपमहासचिव प्रदीप ज्ञवालीले उम्मेदवारी नदिने निर्णय गरेपछि प्यानल घोषणा ढिलाइ भएको बताइएको छ।

    महाधिवेशनको निर्वाचन तालिका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया अघि बढिरहेको छ भने विभिन्न पदका लागि आकांक्षीबीच आन्तरिक छलफल र समन्वय जारी छ।

    उम्मेदवारी दर्ता गराउँदा उनीसँगै स्थायी कमिटी सदस्य महेश बस्नेत र महासचिव शंकर पोखरेल पनि देखिएका छन्।



    फास्ट न्युज    
  • २०८२ मंसिर २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार