खोटाङ- साकेला गाउँपालिकाले सार्वजनिक स्थलहरूमा फ्रि वाइफाइ सेवा उपलब्ध गराएको छ। गाउँपालिकाले डिजिटल प्रविधिको पहुँच विस्तारका लागि महत्वपूर्ण सार्वजनिक स्थलहरुमा फ्रि वाईफाई सेवा उपलब्ध गराएको हो। गाउँपालिकाले वडा नम्बर ५ मात्तिमस्थित पालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला र गाउँपालिकाको केन्द्रमा रहेको मानेभन्ज्याङ पार्कमा फ्रि वाईफाई सेवाको पहुँच विस्तार सुरु गरिसकेको छ ।

विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँगको साझेदारीमा पालिकाले उक्त स्थानहरुमा एक हजार एमविपिएस क्षमता बराबरको फ्रि वाईफाई विस्तार गरेको हो। पालिकाले वडा नम्बर २ को रतन्छास्थि साकेला (थान) पार्क र तावाभन्ज्याङ क्षेत्रमा समेत फ्रि वाईफाई जडान गर्ने तयारी गरेको छ। फ्रि वाईफाई सेवाको उपलब्धतासँगै सो क्षेत्रहरुमा सिसि क्यामेरा समेत जडान गरिएको छ।
विभिन्न पूर्वाधारहरुको निर्माणसँगै पालिकाले उक्त स्थानहरुको गतिविधिको नियमित निगरानीका लागि सिसिक्यामेरा राखेको हो। पालिकाको केन्द्रमा बसेर उक्त स्थानमा हुनेगरेका गतिविधिको निगरानी गरिनेछ ।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राईका अनुसार निःशुल्क वाइफाइ सेवाले इन्टरनेटको पहुँच नपाएका साकेलाबासी नागरिक, विद्यार्थी तथा बाहिरबाट घुम्मका लागि आएका आगन्तुकलाई लाभ पुग्मे अपेक्षा गरिएको छ। अनलाइन कक्षा, ई-लाइब्रेरी, अनुसन्धान सामग्री तथा नयाँ-नयाँ प्रविधि सिक्न चाहनेहरूका लागि यो सेवा उपयोगी हुने उनको भनाई छ ।
डिजिटल पर्यटन प्रवर्द्धन स्मार्ट पालिका निर्माण तथा डिजिटल साक्षरता विस्तारलाई पनि लक्षित गर्दैफ्रि वाइफाइको सेवा जडान गरिएको अध्यक्ष राईले बताई। आगन्तुकहरूले स्थान सम्बन्धी जानकारी, डिजिटल नक्सा, अनलाइन पेमेन्ट तथा अन्य डिजिटल सेवा सहजै प्रयोग गर्न पाउने हुँदा फ्रि वाईफाई सेवाले पर्यटन प्रबर्द्धनमा पनि सकारात्मक प्रभाव पर्ने उहाँको अपेक्षा छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया