logo

२०८३ आश्विन १६ शुक्रबार

logo
  • २०८३ आश्विन १६ शुक्रबार
  • आगामी निर्वाचनमा भाग लिने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय

    1KShares
    आगामी निर्वाचनमा भाग लिने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय

    ललितपुर । सानेपामा शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो। दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ। बैठकमा महामन्त्री गगन थापाले निर्णयहरू सुनाएका थिए भने केन्द्रीय समितिले अनुमोदन गरेको हो।

    कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको छ। तर यो विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने भन्दै कांग्रेस केन्द्रीय समितिले आम निर्वाचनमा भाग लिने निर्णय गरेको हो।

    कांग्रेसले सरकारलाई निर्वाचनको वातावरण बनाउन समेत भनेको छ। जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता ल्याउन र फरार भएका कैदीहरूलाई पनि पुनस् कारागार ल्याउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ। असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक बीचमा स्थगित गरेर सहमति खोज्ने प्रयास गरिएको थियो।

    निर्वाचनमा भाग लिने र अहिलेको अवस्थामा सर्वपक्षीय छलफलको आवश्यकता रहेको आजको केन्द्रीय समितिले निष्कर्ष निकाले पनि महाधिवेशनबारे भने पछि छलफल हुनेछ। केही दिन बैठक स्थगित गरेर महाधिवेशनबारे सर्वसम्मत निर्णय लिने पक्षमा कांग्रेसका नेताहरू छन्।



    फास्ट न्युज    
  • २०८२ मंसिर ६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट