काठमाडौं।काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले अर्को सूचना जारी नभएसम्म घरबाट निस्कने फोहरमैला घर या कम्पाउण्डभित्र सुरक्षित रूपमा राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको छ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएपछि महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
“काठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएकाले हाल फोहर विसर्जन गर्न नसकिएको हुँदा अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निस्कने फोहरमैला घर या कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहोस् र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहोस्।” महानगरको सूचनामा भनिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया