काठमाण्डाै – मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका १५ जना पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएकाे छ ।
२ चिनियाँ र १३ नेपाली गरी १५ जना पर्यटक हिमपातका कारण तिलिचो बेस क्याम्पमा अलपत्र परेका छन् । उनीहरू अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उद्धारका लागि खटिएको हाे ।
सशस्त्र प्रहरी बलकाे टाेली पैदल जानुपर्ने भएकाले उद्धार केही समय लाग्नेछ । अलपत्र परेका पर्यटकहरूको अवस्था सामान्य रहेकाे छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया