logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • ट्रम्पको ५ दिने एशिया भ्रमण : शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको समिश्रण

    1.1KShares
    ट्रम्पको ५ दिने एशिया भ्रमण : शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको समिश्रण

    वासिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पाँचदिने एशिया भ्रमण शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको मिश्रण बनेको विश्लेषण भइरहेको छ । मलेशिया, जापान र दक्षिण कोरियामा उहाँले व्यापार सम्झौता, लगानीको वाचा र आदरपूर्ण स्वागत पाएको बीबीसीले उल्लेख गरेको छ ।

    जापानले पाँच सय ५० अर्ब डलरको लगानी घोषणा गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्‍यो भने दक्षिण कोरियाले उच्च राष्ट्रिय पदक र ‘पिसमेकर’ सम्मान प्रदान गर्‍यो । भ्रमणको मुख्य क्षण अन्तिम दिन हिजो चीनका राष्ट्रपति सी जिङ पिङसँगको बैठक रह्यो । भेटमा दुबै नेताले व्यापार तनाव कम गर्न सहमति जनाएका छन् ।

    अमेरिकाले केही करको दर घटाएको छ भने चीनले अमेरिकी कृषि र ऊर्जाजन्य वस्तु खरिद पुनः शुरु गर्ने वाचा गरेको छ । विश्लेषकहरुका अनुसार, ठूला उपलब्धि नभए पनि, दुवै देशबीच सम्बन्ध सुधारउन्मुख रहेको खबरमा उल्लेख छ । ट्रम्पले यात्रालाई ‘अद्भुत’ भन्दै फर्किए पनि विश्लेषकहरूले यस भ्रमणले अमेरिकाको नभई ट्रम्पको मात्रै व्यक्तिगत प्रभाव देखाएको बताएका छन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट