logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भने- संविधानले अनुमति दिँदैन, यो निकै दुर्भाग्यपूर्ण

    988Shares
    ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भने- संविधानले अनुमति दिँदैन, यो निकै दुर्भाग्यपूर्ण

    काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्ट रूपमा बताएका छन् ।

    संविधानअनुसार अमेरिकी राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालसम्म मात्र शासन गर्न सकिने प्रावधान छ । यही सीमालाई स्वीकार गर्दै ट्रम्पले भने, ‘मसँग इतिहासकै सबैभन्दा उच्च जनमत छ, तर मैले पढेको आधारमा मलाई तेस्रो पटक चुनाव लड्न अनुमति छैन । यो साँच्चै निकै नराम्रो कुरा हो ।’

    ७९ वर्षीय राष्ट्रपति ट्रम्प र उनका समर्थकबीच सन् २०२८ को चुनावमा पुन: उम्मेदवारीबारे चर्चाले अमेरिकामा लामो समयदेखि ध्यान आकर्षित गरिरहेको छ । उनका विरोधीहरूले यसलाई चिन्ताको रूपमा लिँदा समर्थकहरूले भने जयजयकार गर्दै उहाँलाई निरन्तर शासनको आग्रह गर्दै आएका छन् ।

    सन् २०१७ देखि सन् २०२१ सम्म पहिलो कार्यकाल पूरा गरेका ट्रम्पले हालै जनवरीमा दोस्रो कार्यकाल सुरु गरेका हुन् । संवैधानिक प्रतिबन्ध हुँदाहुँदै पनि उनका केही कट्टर समर्थकहरूले उनीलाई हालको कार्यकालपछि पनि शासनमा रहिरहन आग्रह गर्दै आएका छन् ।

    पूर्व रियालिटी टेलिभिजन स्टार ट्रम्पले केही समयअघि ओभल अफिसको डेस्कमा ‘ट्रम्प २०२८’ लेखिएको रातो टोपी प्रदर्शन गरेका थिए, जसले पुन: तेस्रो कार्यकालको चर्चा चुल्याएको थियो ।

    उनका समर्थकमाझ एउटा लोकप्रिय धारणा छ कि उपराष्ट्रपति जेडी भान्स सन् २०२८ मा ट्रम्पसँगै राष्ट्रपति पदका लागि संयुक्त टिकटमा उम्मेदवार बन्न सक्छन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १२, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट