logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • अधिकांश आन्तरिक उडान रद्द

    1.1KShares
    अधिकांश आन्तरिक उडान रद्द

    काठमाडौं। खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी लुक्ला जाने अधिकांश उडानहरू रद्द वा डिले भएका छन्।शनिबार बिहान ६ बजे तय भएका समिट एयरका उडान रद्द भएका छन् भने ७.२० मा तय भएको अर्को उडान पनि रद्द गरिएको छ। सिता एयर र तारा एयरका लुक्ला गन्तव्यका सबै उडान ‘मौसमी कारण’ देखाउँदै ढिला भएका छन्। बुद्ध एयर, यति एयरलाइन्स, नेपाल एयरलाइन्स र श्री एयरलाइन्सका अन्य गन्तव्यतर्फका उडान भने आंशिक ढिलाइसँगै भइरहेको देखिएको छ।बुद्ध एयरका भद्रपुर, भैरहवा, धनगढी, जनकपुर, विराटनगर, पोखरा र भरतपुर गन्तव्यका उडानमध्ये कतिपय ‘बोर्डिङ’ मा छन् भने केही ढिलो प्रस्थान भएका छन्। श्री एयरलाइन्सका सुर्खेत र नेपालगन्जतर्फका उडान पनि मौसमका कारण करिब दुई घण्टासम्म ढिलाइ भएको छ।

    नेपाल एयरलाइन्सको इलाम गन्तव्यको नेपाल एयरलाइन्सको उडान ढिला भए पनि फाप्लु र खानीडाँडातर्फका उडान सम्पन्न भएको जनाइएको छ। विमानस्थलका अनुसार मौसममा सुधार भएसँगै अन्य उडान सञ्चालनमा ल्याइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ आश्विन १८, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट