logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • जेन जी आन्दोलनको नाममा भएको अराजक गतिविधिको भत्सर्ना गर्दछौं: प्रवक्ता राई, नेपाली कांग्रेस खोटाङ

    1.7KShares
    जेन जी आन्दोलनको नाममा भएको अराजक गतिविधिको भत्सर्ना गर्दछौं: प्रवक्ता राई, नेपाली कांग्रेस खोटाङ

    खोटाङ, भदौ २४ । पछिल्ला दिनहरूमा देशभर फैलिएको आन्दोलनले गम्भीर मोड लिँदै गएको सन्दर्भमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, खोटाङले गहिरो चिन्ता र आक्रोश व्यक्त गरेको छ। पार्टीका प्रवक्ता रोजन राईद्वारा जारी प्रेस विज्ञप्तिमा देश अहिले इतिहासकै गम्भीर संकट र अस्थिरताको अवस्थामा रहेको उल्लेख गरिएको छ।

    विज्ञप्तिमा भनिएको छ कि भ्रष्टाचार र बेथिती अन्त्य गर्न Gen Z समूहले अघि सारेको आन्दोलनप्रति व्यापक जनसमर्थन रहेको थियो र त्यस आन्दोलनको क्रममा २०८२ भदौ २३ गते ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, उक्त दुखद घटनाप्रति सरकारको कमजोरीको आलोचना गर्दै खेद व्यक्त गरिएको छ।

    यद्यपि आन्दोलन क्रमशः हिंसात्मक र अराजक बन्दै गएको भन्दै कांग्रेस खोटाङले नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा कब्जा, तोडफोड र आगजनी, साथै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि भएको आक्रमणको कडा शब्दमा भर्त्सना गरेको छ।

    “यस्तो अराजक गतिविधि कुनै पनि हालतमा आन्दोलनको रूपमा स्वीकार्य हुन सक्दैन,” विज्ञप्तिमा स्पष्ट भनिएको छ।

    सभापति  देउवाको योगदान स्मरण

    कांग्रेस  सभापति देउवाको योगदान स्मरण गर्दै कांग्रेस खोटाङले उहाँले वाक स्वतन्त्रता, लोकतन्त्र, शान्ति, सामाजिक समावेशिता, भ्रष्टाचार नियन्त्रण, महिला अधिकार, छाउपडी तथा कमैया प्रथा अन्त्य, सुदूरपश्चिमको विकास, जनमतको अधिकार, ब्रिटिस सेनामा समानता, र सामाजिक सञ्जालको स्वतन्त्रताका लागि लडेको उल्लेख गर्दै प्रश्न उठाएको छ – “के यिनै योगदानका कारण उहाँमाथि आक्रमण भएको हो?”

    “हामी उहाँको योगदानको केवल स्मरण मात्रै गर्दैनौं, त्यसको रक्षा गर्न जुनसुकै मूल्य चुकाउन तयार छौं,” विज्ञप्तिमा भनिएको छ।

    संगठनहरूमाथि प्रश्न

    विज्ञप्तिमा आन्दोलनको चरम अवस्थामा पार्टी सभापति देउवाको निवासमा आगजनी हुँदा पार्टीका भ्रातृ संगठनहरू – तरुण दल, नेपाल विद्यार्थी संघ, साथै केन्द्रीय पदाधिकारी र लाखौं सदस्यहरू कहाँ थिए भन्ने प्रश्न उठाइएको छ।

    “जब हामी चुप लाग्छौं, जब हामी निष्क्रिय हुन्छौं, त्यसको परिणाम संसद भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, प्रहरी प्रशासन, निजी सम्पत्तिहरू, होटल, भाटभटेनी, बैंक लुटपाट र आगजनीमा देखिन्छ,” विज्ञप्तिमा भनिएको छ।

    त्यसैगरी, पशुपतिनाथ मन्दिरमा आगजनी प्रयास र पत्रकार रवि लामिछानेसहितका गम्भीर अपराधमा संलग्न हजारौं कैदीलाई जेलबाट भगाइएको घटनालाई अझ भयावह घटना भनेर उल्लेख गरिएको छ।

    सबैलाई अपिल

    यी सबै घटनाको कडा भर्त्सना गर्दै नेपाली कांग्रेस खोटाङले लोकतान्त्रिक मूल्य, विधि र संविधानको रक्षाका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी, न्यायिक निकाय र आम नागरिकहरूलाई सतर्क र जिम्मेवार बन्न अपिल गरेको छ।

     



    फास्ट न्युज    
  • २०८२ भाद्र २६, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट