logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • प्रधानमन्त्री ओली र पुटिनबीच भेटवार्ता, के भयो कुराकानी ?

    1.1KShares
    प्रधानमन्त्री ओली र पुटिनबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । साङ्घाइ सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानचिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ ।

    पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सोमबार रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा द्विपक्षीय सम्बन्ध र हितका विषयमा कुराकानी भएको छ ।

    थियानचिनस्थित मेइक्याङ सम्मेलन केन्द्रमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको थियो । शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिङपिङसँग भेटवार्तासमेत गरेका थिए। उनले चीन र भारतबीच लिपुलेकमा भएको सम्झौताका विषय पनि उठान गरेका थिए । ओलीले आइतबार भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता गरेका थिए।



    फास्ट न्युज    
  • २०८२ भाद्र १७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट