logo

२०८३ बैशाख २६ शनिबार

logo
  • २०८३ बैशाख २६ शनिबार
  • बालेन विरुद्ध कवाडी व्यवसायीको आन्दोलन कायमै, सुरक्षा व्यवस्था कडा

    1KShares
    बालेन विरुद्ध कवाडी व्यवसायीको आन्दोलन कायमै, सुरक्षा व्यवस्था कडा

    काठमाडौं । विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलित भएका कवाड व्यवसायीहरूले  मंगलबार  पनि काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

    संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् ।

    उनीहरूले हिजो सोमबार पनि कमलादीस्थीत काठमाडौं महानगरको कार्यालय बाहिर नाराबाजीसहित धर्ना दिएका थिए ।

    कवाड व्यवसायी, संकलक र मजदुरको जिउ-धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्नेसमेत उनीहरूको माग छ ।

     



    फास्ट न्युज    
  • २०८२ भाद्र १०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट