logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट भयो पारित

    985Shares
    विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट भयो पारित

    काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।

    विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन ।

    यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउनेगरी पटकपटक प्रतिवेदन तयार गरिएको थियो । यद्यपि पारित भने हुन सकेको थिएन ।

    शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत थालेका छन् । पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट