logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • शेयर बजार बिहीबार पनि घट्यो, काराेबार ५ अर्ब रुपैयाँमा सीमित

    958Shares
    शेयर बजार बिहीबार पनि घट्यो, काराेबार ५ अर्ब रुपैयाँमा सीमित

    काठमाडौं । बुधबार घटेको शेयर बजार बिहीबार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव २२ अङ्कले घटेर २ हजार ७ सय ५७ दशमलव ९७ विन्दुमा झरेको छ ।

    बिहीबार निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । बिहीबार १ सय ९७ वटा कम्पनीको शेयर घट्दा ५३ वटाको बढेको छ ।

    बिहीबार जनउत्थान सामुदायिक लघुवित्त र सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन विकास हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका १ करोड ६८ लाख कित्ता शेयर ५ अर्ब २ करोड रुपैयाँमा किनबेच भएको छ । योसँगै शेयर कारोबार रकम लगातार चौथो दिन घटेको हो ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट