logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • मनोज गजुरेल अब ‘कमेडी दरबार’ मा देखिने

    1.5KShares
    मनोज गजुरेल अब ‘कमेडी दरबार’ मा देखिने

    काठमाडौं । टिभी शो ‘कमेडी दरबार’को ४ एपिसोडमा नदेखिएका हाँस्यकलाकार मनोज गजुरेल कार्यक्रममा फर्किएका छन् । मंगलबारदेखि उनले ज्वाइन गरे । यो शोमा महाराजाको भूमिकामा देखिएका उनले आज नयाँ एपिसोड छायांकन गरे ।

    शोमा महाराजाको भूमिकामा रहेका उनी एक महिना लामो युरोप टुरमा थिए।  मनोज गजुरेलको स्थानमा  फिल्म निर्देशक प्रदीप भट्टराईलाई ल्याइएको थियो ।

    ‘कमेडी दरबार’ को मंगलबार छायांकन गरिएको एपिसोडमा टेलिसिरियल ‘सक्किगोनि’ का कलाकारहरू सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठ, प्रियना आचार्यलगायतका कलाकारहरूलाई अतिथि बनाइएको छ ।

    ‘कमेडी दरबार’ लाई श्रद्धा प्रसाईं र विक्की अग्रवालले निर्देशन गर्दै आएका छन्। शोमा पर्फमरका रूपमा थुप्रै कलाकारहरूले प्रस्तुति दिँदै आएका छन्।



    फास्ट न्युज    
  • २०८२ असार २४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट