logo

२०८३ आश्विन २३ शुक्रबार

logo
  • २०८३ आश्विन २३ शुक्रबार
  • बाढी-पहिरोले रसुवागढीको मितेरी पुल र दर्जनौँ गाडी बगायो

    1.4KShares
    बाढी-पहिरोले रसुवागढीको मितेरी पुल र दर्जनौँ गाडी बगायो

    काठमाडौँ ।बाढीपहिरोले रसुवागढीको मितेरी पुल र दर्जनौँ गाडी बगाएको छ । भीषण वर्षासँगैको बाढीर पहिरोका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको केही सञ्चारमाध्यमसँग पुष्टि गरेका छन् । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

    यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उनले मंगलबार बिहान सञ्चारमाध्यमलाई बताए ।

    उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए ।उनले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए ।



    फास्ट न्युज    
  • २०८२ असार २४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट