logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • पञ्जाबलाई हराउँदै बेंगलुरु आईपीएलको फाइनलमा

    1.1KShares
    पञ्जाबलाई हराउँदै बेंगलुरु आईपीएलको फाइनलमा

    काठमाडौं। पञ्जाब किंग्सविरुद्ध आठ विकेटको सहज जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ ।बिहीबार न्यु चण्डीगढमा पञ्जाबले प्रस्तुत गरेको १०२ रनको लक्ष्य बेंगलुरुले १० ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

    बेंगलुरुको जितमा ओपनर फिल साल्टले २७ बलमा ५६ रन बनाए । उनले ६ चौका र तीन छक्का प्रहार गरे। मयंक अग्रवालले १९,कप्तान रजित पटिदरले १५ र विराट कोहलीले १२ रन थपे ।पञ्जाबका काइल जेमिसन र मुशिर खानले समान एक विकेट लिए ।त्यसअघि,टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले १४.१ ओभरमा १०१ रन बनाएको थियो । पञ्जाबका मार्कुस स्टोइनिसले २६ रन जोडे ।अज्मतुल्लाह ओमरजाई र प्रभसिम्रनले समान १८ रन थपे । अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

    जस हेजलवुड र सुयास शर्माले समान तीन विकेट लिए । एस दयालले दुई तथा भुवनेश्वर कुमार र रोमारियो सेफर्डले एक/एक विकेट लिए ।

    हालसम्म उपाधि जित्न असफल बेंगलुरु आईपीएलको इतिहासमा चौथोपटक फाइनलमा प्रवेश गरेको हो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट