काठमाण्डाै । सरकारले काठमाण्डाैकाे प्रदूषण न्यूनीकरण गर्न उपत्यकाभित्र सञ्चालित उद्योगहरूलाई उपत्यकाबाहिर स्थानान्तरण गर्ने भएको छ । संङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवम्अ र्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिनुभएको हो ।
उहाँले राजधानी क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले उद्योगहरूलाई उपत्यकाबाहिरका औद्योगिक क्षेत्रहरूमा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको बताउनुभयो । उहाँका अनुसार स्थानान्तरण गरिने उद्योगलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया