logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट फेरि हेर्दाहेर्दैमा

    889Shares
    लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट फेरि हेर्दाहेर्दैमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका रास्वपा सभापति लामिछानेको हकमा उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

    लामिछानेलाई रिहा गर्न माग गर्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ हुन लागेको हो ।

    बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ । यसअघि मङ्गलबार भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

    बन्दी प्रत्यक्षीकरणको रिटको अन्तिम आदेश भोली आउने सम्भावना रहेको अधिवक्ता प्रमोद न्यौपानेले जानकारी दिएका छन् ।

    उनले भने,‘नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा निरन्तर सुनुवाई भईरहेको छ । आजसम्म प्रतिवादीका कानून व्यवसायीहरु वकिलले बहस गरे भने अब बाकी जाहेरवालाका तर्फबाट बहस गर्न बाकी छ र प्रतिउत्तर जवाफ दिएपछि सम्बवत भोली बन्दी प्रत्यक्षीकरणको रिट र ७३ नम्वरको निवेदनको संयुक्तरुपमा सुनुवाई भएकाले आदेश आउने सम्भावना छ ।’

    बिहीवार लामिछानेको रिटमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरे । त्यसपछि जोशीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, गोविन्द बन्दी र अधिवक्ता अपूर्व खतिवडाले बहस गरेका थिए ।

    अधिवक्ता प्रमोद न्यौपानेका अनुसार लामिछानेको तर्फबाट बहस गर्ने वकिलहरुको उच्च अदालतको आदेश नै बदर हुनुपर्ने माग रहेको छ । उच्च अदालतको आदेश नै केही शंकास्पद रहेकोले लामिछानेलाई थुनामा पठाउन नमिल्ने भन्दै उनीहरुले बहस गरेका छन् ।

    गत वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट