logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • गाजाको सुरक्षित क्षेत्र मानिने अल-मावासीमा इजरायली आक्रमण, ३६ जनाको मृत्यु

    1KShares
    गाजाको सुरक्षित क्षेत्र मानिने अल-मावासीमा इजरायली आक्रमण, ३६ जनाको मृत्यु

    काठमाडौं । इजरायली सेनाले गाजामा बमबारी जारी राखेको छ । पछिल्लो समय ‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ ।

    उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था  अलजजिराले जनाएको छ । इजरायलले गाजामा थप आक्रमणको तयारी गरिरहेका बेला यो आक्रमण भएको हो । पछिल्लो समय इजरायली सेनाले स्थल आक्रमणलाई विस्तार गर्ने तयारी गरिरहेको  । यसैबेला कतारमा हमाससँग युद्धविराम वार्ता पनि चलेको छ ।यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् ।उनीहरूले गाजामा मानवीय सहायता पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षेपको अपिल गरेका छन् ।

    इजरायलले प्रस्तावित सम्झौताप्रति हालसम्म सार्वजनिक प्रतिक्रिया दिएको छैन । तर वार्ता अगाडि यसले गाजाबाट आफ्ना सैनिक हटाउने वा युद्ध अन्त्य गर्ने प्रतिबद्धता नलिने स्पष्ट पारेको थियो ।

    यसैबीच इजरायली सेनाले शनिबार नै अपरेसन गिदोन्स च्यारियट्स नामक नयाँ आक्रमण सुरु गरेको घोषणा गरेको थियो । दुईदिनदेखि गाजामा ठूलो हवाई हमला भएको छ । उक्त हमलामा परी उद्धारकर्मीहरूका अनुसार बिहीबारदेखि कम्तीमा ३०० जनाको मृत्यु भएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट