logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • सुडानमा विद्रोही समूहको आक्रमणमा परि ४०० मारिए

    907Shares
    सुडानमा विद्रोही समूहको आक्रमणमा परि ४०० मारिए

    काठमाडौं।सुडानमा विद्रोही समूहले गरेको आक्रमणमा चार सयभन्दा बढी सर्वसाधरण मानिस मारिएका छन् ।

    संयुक्त राष्ट्रसंघका अनुसार सुडानको उत्तर डारफोर क्षेत्रमा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेज ९आरएसएफ०द्वारा हालै गरिएका आक्रमणमा चार सयभन्दा बढी मानिस मारिएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

    गत हप्ता, आरएसएफले सुडानी सेनाले नियन्त्रणमा रहेको दारफुरको अन्तिम राज्य राजधानी ९एल–फासर सहर० कब्जा गर्ने प्रयासमा सहर वरिपरि भोकमरीको चपेटामा परेर विस्थापित शरणार्थी शिविरहरूमा जमिन र हवाई आक्रमण गरेको थियो ।

    बीबीसीले जनाए अनुसार सुडानको सेना र आरएसएफबीच अप्रिल २०२३ देखि नै शक्ति संघर्ष चल्दै आएको छ । यसले विश्वकै सबैभन्दा ठूलो मानवीय संकट सिर्जना गर्दै लाखौंलाई घर छोड्न बाध्य बनाएको छ ।

    संयुक्त राष्ट्रसंघले बिहीबारदेखि शनिबारसम्म १४८ जनाको मृत्यु प्रमाणित गरेको जनाएको छ । मृतकको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट