logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • एमाले नेता थापाले रास्वपालाई भने- ‘न्यायालयको फैसलाविरुद्ध रुवाबासी किन ?’

    979Shares
    एमाले नेता थापाले रास्वपालाई भने- ‘न्यायालयको फैसलाविरुद्ध रुवाबासी किन ?’

    काठमाडौं– नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले न्यायालयको फैसलाविरुद्ध रुवाबासी नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेको सन्दर्भप्रति लक्षित गर्दै हरेक व्यक्तिले आफ्नो पौरखका दशा र दुर्दशा भोग्नुपर्ने बताएका छन् ।

    उनले लेखेका छन्– ‘न्यायालयको फैसलाविरुद्ध सिङ्गो पार्टीको रुवाबासी र ल्याङल्याङ किन ? हरेक व्यक्तिले आफ्नो पौरखका दशा रदुर्दशा त भोग्नुपर्छ।’उनले लामिछानेले पार्टी खोल्नुअघि बचत हिनामिना, ठगी र अपचलन गरेर वचतकर्तामाथि घात र विश्वास घात गरेको बताएका छन् ।

    थापाले रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि उनले दिएका प्रतिक्रियालाई समेट्दै यस्तो लेखेका छन्–

    ‘सहकारी ठगी– संसदीय छानविन गर्ने आफ्नै घोषणा !
    समितिद्वारा कारबाहीको सिफारिस– क्लिन चिट पाएँ !
    पाँच सहकारीमा अनुसन्धान/अभियोजन– प्रतिशोध साँधियो !
    २ करोड ७५ लाख धरौट– न्याय जीवितै छ, धरौट बढी भयो !
    धरौट खारेजीको माग– स्वयं उच्च अदालतमा निवेदन दर्ता !
    पुर्पक्षमा थुनामा पठाउने आदेश– बेडरुममा पुगेर अन्तिम इच्छा सोध्ने ? अति भयो ! नयाँ पार्टीमाथि ज्यादती भयो !’

    बुटवलको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा राख्न आदेश दिएपछि शुक्रबार राति पक्राउ परेका थिए । जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न दिएको आदेश उच्चले उल्टाइदिएको थियो । सरकारी वकिलले धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए।

     



    फास्ट न्युज    
  • २०८१ चैत्र २४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट