काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । दुई वर्षअघि प्रहरी महानिरीक्षक नियुक्त हुनुभएका उहाँ ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लाग्नुभएको हो ।आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा अवधिका कारण एकैसाथ अनिवार्य अवकाश पाउन लागेका छन् ।
अनिवार्य अवकाश पाउने एआईजीहरूमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ तथा डीआईजीहरूमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत छन् ।
कुँवरले अनिवार्य अवकाश पाउने भएपछि सरकारले आजै नयाँ आईजीपीको नियुक्ति गर्ने तयारी गरेको छ । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ आईजीपी नियुक्ति गर्ने तयारी छ ।
आज बेलुकी बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको ३१औं आईजीपी नियुक्त गर्नेछ । सरकारले रिक्त एआईजी र डीआईजी पदमा केहीलाई बढुवा गर्ने तयारी गरेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया