logo

२०८३ भाद्र ७ आईतवार

logo
  • २०८३ भाद्र ७ आईतवार
  • आज पनि दिउँसोपछि केही ठाउँमा पानी पर्ने सम्भावना

    994Shares
    आज पनि दिउँसोपछि केही ठाउँमा पानी पर्ने सम्भावना

    काठमाण्डौ। आज होलीको दिन देशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।

    हिजो पनि काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै लमजुङमा २० मिलिमिटर पानी परेको छ । मौसमविदहरुका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो ।

    प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन र चट्याङसहित दिउँसोतिर पानी पर्ने र रातिको समयमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । विगत चार दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण हवाई उडानसमेत सामान्य प्रभावित भएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट