logo

२०८३ बैशाख २६ शनिबार

logo
  • २०८३ बैशाख २६ शनिबार
  • कस्तो रहला आज मौसम ?

    871Shares
    कस्तो रहला आज मौसम ?

    काठमाडौं।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

    तराईका थोरै स्थानहरुमा आज बिहान पनि हुस्सु लागेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार बिहीबार दिउँसो सातवटै प्रदेशमा आंशिकदेखि साधारण बदली रहने छ।

    त्यस्तै कोशी प्रदेशको हिमाली क्षेत्रको थोरै स्थानमा हल्का वर्षा र हिमपात तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै बागमती प्रदेशको पनि हिमाली क्षेत्रको थोरै स्थानमा हल्का वर्षा र हिमपात तथा पहाडी क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

    गण्डकी प्रदेशको हिमाली हिमाली क्षेत्रको केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपात तथा पहाडी क्षेत्रको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    लुम्बनी प्रदेशको पहाडी र तराई क्षेत्रका एक(दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट