logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

    952Shares
    शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

    काठमाण्डाै । शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६.७८ अङ्कले बढेर २ हजार ६०७.९९ विन्दुमा पुगेको छ ।आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेको छ । आज अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

    आज मानुषी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन विन नेपाल लघुवित्त, सुपर माई हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज शेयर कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३११ वटा कम्पनीका १ करोड ३६ लाख कित्ता शेयर ६ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट