logo

२०८३ कार्तिक २२ शनिबार

logo
  • २०८३ कार्तिक २२ शनिबार
  • माओवादी स्थायी समिति बैठक स्थगन

    1.1KShares
    माओवादी स्थायी समिति बैठक स्थगन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यवस्थताको कारण स्थगीत भएको हो ।

    यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो ।

    तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताका कारण स्थायी समिति बैठक भोलि शुक्रबारका लागि सारिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

    उपराष्ट्रपति हुनुअघि पार्टी स्थायी समिति रहेका पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सल्लाहमा राजनीतिमा फर्किएका पुनको जिम्मेवारी निर्धारण हुने माओवादीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट