logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी

    862Shares
    चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी

      काठमाडौं।  काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ। मंगलवार बिहान कबाडी संकलन केन्द्रमा आगलागी भएको हो।कबाडी सङ्कलन केन्द्र र बङ्गुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइनसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार  निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए।

    आगलागी भएको स्थानमा जस्तापाताका टहराहरु बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको बताए । उहाँले स्काभेटर मगाएर जस्तापाता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए ।

    करिब आधा आगो नियन्त्रणमा आएको उनले बताए । अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीयलगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट