logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • प्रधानमन्त्री ओलीको चीन भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गर्यो, निजी क्षेत्रको ठूलो सहभागिता रहने

    949Shares
    प्रधानमन्त्री ओलीको चीन भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गर्यो, निजी क्षेत्रको ठूलो सहभागिता रहने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । बिहीबार साँझ बसेको बैठकले मंसिर १७ देखि २३ गतेसम्म हुने भ्रमणलाई स्वीकृति दिएको पर्यटमन्त्री बद्री पाण्डेले जानकारी दिए ।

    पर्यटमन्त्री पाण्डेका अनुसार, भ्रमण दलमा ८७ जना रहने छन् । मन्त्रीहरूबाट परराष्ट्रमन्त्री आरजु राणामात्र रहने छिन् । भ्रमणमा निजी क्षेत्रको ठूलो सहभागिता रहने उनले बताए । “कम गर्ने ठाउँ देखिएन, न्यूनतम संख्या नै त्यही हो जस्तो लाग्छ,” उनले भने ।

    भ्रमण एजेन्डा अझै टुंगो लागि नसकेको उनको भनाइ छ । “एजेन्डाका बारेमा छलफल जारी नै छ । विभिन्न संयन्त्रहरूमा छलफल भइरहेकै छ । एजेन्डा के हुन्छ भनेर फेरि एकपटक मन्त्रिपरिषद्को बैठकबाट टुंगो लाग्छ होला,” उनले भने ।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट