विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवादमा तानिएपछि मन्त्री अधिकारीले राजीनामा दिने तयारी गरेका हुन् ।
गत कार्तिक १३ गते मुख्यमन्त्रीलाई समेत जानकारी नदिइ कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै उनी जापान गएका थिए। मन्त्री अधिकारीले आफूले राजीनामा दिन लागेको जनाएका छन्। आफ्नो राजीनामाको विषयमा उनले पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेका छन् ।लुइँटेलका अनुसार मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया