logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • प्रचण्ड निवास खुमलटारमा देउसी–भैलो

    907Shares
    प्रचण्ड निवास खुमलटारमा देउसी–भैलो

    काठमाडौं । राष्ट्रिय लोक संगीतकर्मी नेपालले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर देउसी–भैलो खेलेको छ ।

    लोक संस्कृतिको संरक्षण र प्रचार प्रसार गरी शान्ती, प्रेस स्वतन्त्रता, र पत्रकारको हकहितको संरक्षण गर्ने उद्देश्यले शीर्ष नेताहरुको घरमा देउसी–भैलो कार्यक्रम तय भएअनुसार प्रधानमन्त्री निवासमा देउसी खेलिएको हो ।

    देउसी–भैलाको कार्यक्रममा प्रधानमन्त्री निवास बालकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर र कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा देउसी–भैलो खेल्ने कार्यक्रम रहेको बताइएको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट