logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशतमात्र उत्तीर्ण

    889Shares
    नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशतमात्र उत्तीर्ण

    काठमाडौं । काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये ५ सय जना उत्तीर्ण भएका हुन् ।
    पीसीएल नर्सिङतर्फ ९८३ जनाले फारम भरेकोमा ९५५ जनाले मात्र परीक्षा दिएका थिए । यसमध्ये ३३१ जना उत्तीर्ण भएका छन् । त्यस्तै बीएस्सी नर्सिङतर्फ २९८ जनाले फारम भरेकोमा २९४ जनाले परीक्षा दिएका थिए। जसमध्ये १६९ जना उत्तीर्ण भएका छन् ।

    उत्तीर्ण परीक्षार्थीहरूलाई कात्तिक २५ गतेदेखि प्रमाणपत्र वितरण गर्ने परिषद्ले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार