logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • सुर्खेतमा गाडी दुर्घटना १ जनाको मृत्यु, ६ जना घाइते

    1.1KShares
    सुर्खेतमा गाडी दुर्घटना १ जनाको मृत्यु, ६ जना घाइते

    सुर्खेत । सुर्खेतमा एसएमएल गाडी दुर्घटना भएको छ । जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका–८ को हुड्के भन्ने ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ । उनी अहिले वीरेन्द्रनगर नगरपालिका–१, मा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माका अनुसार गम्भीर घाइते भएका उनलाई कर्णाली अस्पताल सुर्खेतमा पुर्‍याइएको थियो ।यस्तै गाडी दुर्घटनामा ६ जना घाइते भएका उनले बताए । अन्य घाइते हरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट