logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • मादक पदार्थ सेवन छाड्नेहरुलाई खोटाङमा यसरी गरियो सम्मान

    925Shares
    मादक पदार्थ सेवन छाड्नेहरुलाई खोटाङमा यसरी गरियो सम्मान

    खोटाङ, २१ असोज । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखामा मादक पदार्थ सेवन गर्न छाड्नेहरुलाई भव्य सम्मान गरिएको छ ।  स्थानीय ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादकपदार्थ सेवन गर्न चटक्कै छाडेर समाजमा नयाँ परिचय स्थापित गर्ने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

    अत्यधिक मात्रामा मापसे गर्नाले समाजमा विकृति सिर्जना हुँदै गएकाले न्यूनीकरण गर्न प्रोत्साहनस्वरुप सेवन गर्न छाड्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको सहकारी संस्थाका सहप्रबन्धक तेजबहादुर राईले जानकारी दिनुभयो ।

    “अत्यधिक मात्रामा पादक पदार्थ सेवनले समाजमा झैझगडा हुनाका साथै परिवारसमेत विखण्डन हुने गरेका धेरै घटनाहरु छन् । त्यसलाई न्यूनीकरण गर्दै उत्पादनमूलक क्षेत्रमा लाग्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सम्मान अभियान थालेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा सहकारीमा आबद्ध शेयर सदस्यबीचमा यो कार्यक्रम लागू गर्छौं । त्यसपछि क्रमशः गाउँटोलका अन्य घरमा समेत अभियानकै रुपमा कार्यक्रम लैजाने योजना छ ।”

    होराखाका स्थानीय ३० जना युवाको सक्रियतामा विसं २०६५ मा स्थापना गरिएको कृषि सहकारी संस्थाले सुरु गरेको मादक पदार्थ विसर्जन अभियान ग्रामीण समाजका लागि प्रभावकारी हुनेमा आफूहरु विश्वस्त रहेको स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का युवानेता अमर श्रेष्ठले बताउनुभयो ।

    सहकारीले दसैँ, तिहार तथा छठ पर्वका अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईले मापसे गर्न छाड्ने तीनजना सदस्यलाई खादा र प्रमाणपत्रसहित अबिर लगाइदिएर सम्मान गर्नुभएको हो ।

    बेरोजगार युवालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यसहित ३० जना होराखा निवासी शेयर सदस्यहरुले सङ्कलन गरेको  ३० हजार रूपियाँबाट सुरु गरिएको सहकारी संस्थाको कुल पुँजी अहिले १० लाख रूपियाँ पुगेको सहकारीका सदस्यसचिव एवं प्रबन्धक भक्तबहादुर दाहालले जानकारी दिनुभयो ।

    Warning
    Warning
    Warning
    Warning

    Warning.

    “प्रत्येक महिनाको २ गते सहकारीको नियमित बैठक बस्छौँ । शेयर सदस्यहरुबीच मासिक  एक सयदेखि  एक हजार रूपियाँ सम्म बचत गर्दा अहिले सहकारीको कुल पुँजी  १० लाख रूपियाँ  पुगेको छ”, उहाँले भन्नुभयो, “आवश्यकता र स्रोत सुनिश्चिताका आधारमा ऋण प्रवाह गर्ने गरिएको छ । पछिल्लो समय सहकारी संस्थामा आबद्ध सबै शेयर सदस्यहरु व्यावसायिक बनेका छौँ । यसले घर खर्च चलेको छ ।”

    कृषि सहकारीमा आबद्ध शेयर सदस्यहरुले आफैँले बचत गरेको रकमले तरकारी तथा फलफूलखेती, माछा, कुखुरा तथा बङ्गुरपालन, व्यापार/व्यवसायलगायतमा लगानी गरेका छन् । आफैँले सहकारीमा जम्मा गरेको बचत रकम ऋण लिएर गरेको लगानीबाट सञ्चालन गरिएको व्यापार/व्यवसायबाट छोराछोरीको पढाइ तथा घरखर्च चलाउने माध्यम बनेको शेयर सदस्यहरुले बताएका छन् ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट