logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • नारायणगढ-मुग्लिङ्ग सडककाे ९ किलोमा सडक भाँसियो

    889Shares
    नारायणगढ-मुग्लिङ्ग सडककाे ९ किलोमा सडक भाँसियो

    चितवन ।नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको छ । सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी पल्टिएको छ ।

    पहिरोले पृथ्वी राजमार्ग र नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको छ।

    भाँसिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी  मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

    सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी पल्टिएको छ ।

    लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो ।

    चितवनस्थित पूर्व–पश्चिम राजमार्गको टिकौलीमा २ वटा रुख ढलेका छन्। रुख ढलेर मोटरसाइकल बाहेकका यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट